सांग्रिला डेभलपमेन्ट बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । राष्ट्रबैंकले गत शुक्रबारका दिन मौद्रिक नितीको समिक्षा सार्वजनिक गरेसंगै वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाउदै सूचना प्रकाशित गर्न थालेसँगै विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन्।

जस अनुसार सांग्रिला विकास बैंकले आजैदेखि लागु हुने गरी ब्याजदर घटाएको छ। यसअघि साधारण बचत खातामा न्यूनतम ५.६० प्रतिशतदेखि अधिकतममा ७.६० प्रतिशतसम्म ब्याजदर तोकेको यस बैंकले आज सूचना प्रकाशित गर्दै साधारण बचत खातामा न्यूनतम ४.८० प्रतिशतदेखि अधिकतममा ६.८० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

बैंकले सुनौलो रेमिट्यान्समा भने ७.८० प्रतिशत ब्याजदर निर्धारण गरेको छ। त्यस्तै, बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतममा ९.५५ र संस्थागततर्फ ७.५५ प्रतिशतसम्म ब्याजदर तोकेको छ। मुद्दति निक्षेपमा यसअघि बैंकले व्यक्तिगततर्फ १०.६० प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याजदर कायम गरेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds