काठमाडाैं । जुम्ला बिहानैदेखि अँध्यारो छ । जुम्लीहरुले निकै चिसो महसुस गरिरहेका छन् । वरिपरिका डाँडापाखामा हल्का हिउ परेको छ। यतिबेला जुम्लाको तापक्रम निकै घटेर शून्य डिग्रीसम्म पुगेको छ ।
चिसो निकै बढेकाले बजार सुनसान छ । मानिसहरुको आवतजावत निकै पातलो भएको छ । गाउँघरमा पनि मानिसहरु काममा निस्कन सकेका छैनन् । अघिल्ला वर्षहरुमा चिसो अलि ढिलो सुरु हुने गरेको भए पनि यो वर्ष कात्तिकमै चिसो बढेको छ । यसकारण पनि यो वर्ष पुस मागमा चिसो बढ्न सक्ने अनुमान यहाँका बुढापाकाहरूको छ ।
चिसो निकै बढेकाले यति बेला मौसमी रूघाखोकी लाग्न सक्ने भएकाले न्यानो गरी बस्न चिकित्सकले सुझाएका छन् । बालबालिकाहरु र वृद्धहरूलाई यस्तो अवस्थामा उच्च सतर्कता अपनाउनुपर्ने पनि उनीहरूको सुझाव छ ।
प्रतिकृया दिनुहॊस