खेलकुद मन्त्री विश्वकर्माले गरे बिसिए कप २०७५ को उद्घाटन

पार्वती ऐडी
बझाङ । बुंगल एसोसिएसनको आयोजनामा हुन लागेको ‘धौली देवी स्मृति बिसिए कप २०७५’ उद्घाटन गरिएको छ । सर्वाधिक पुरस्कार राशिको बिसिएकप खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले उद्घाटन गरेका हुन् । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले ब्याटिङ गरेर उद्घाटन गरेकाे कपमा अाइतबारबाट प्रतियाेगिताहरु सञ्चालन हुदैछन् ।उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय महासचिव ऐन महर, विशिष्ट अतिथि पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडा, प्रतिनिधिसभा सदस्य भैरब बहादुर सिंह, आशा विक, प्रदेशसभा सदस्य देवकि मल्ल, बुंगल नगरपालिका मेयर धन बहादुर बिस्ट, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

विगत १० वर्षदेखि अनवरत रुपमा आयोजना गरिदै आएको यो कपमा विजयी टीमलाई एक लाख ५० हजार रुपैया, कप र प्रमाण पत्र, द्धितीय हुने टीमलाई ६० हजार नगद, कप, मेडल र प्रमाण पत्र दिईने बुंगल एसोसिएसनका संस्थापक इन्चार्ज आर बिक्रमसिंह ओखेडाले बताए । त्यस्तै म्यान अफ दि टुर्नामेण्टलाई २० हजार रुपैया, कप, मेडल र प्रमाण पत्र दिईनेछ । इन्चार्ज ओखेडाका अनुसार उत्कृष्ट व्यासम्यानलाई ५ हजार, उत्कृष्ट बलरलाई ५ हजार, अनुशासित टीमलाई ८ हजार ५ सय रुपैया प्रदान गरिनेछ ।टीम दर्ता शुल्क ८ हजार ५ सय निर्धारण गरिएको छ । टीम दर्ता गर्ने मिति कार्तिक १५ गतेसम्म रहेको आयोजकले जनाएको छ । प्रतियोगिता बुंगलको कन्या माविको प्रांगणमा सञ्चालन हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोली कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपले साथ …

प्रतिकृया दिनुहॊस