जुम्लामा चिसो बढ्यो, डाँडामाथि हिउँ पर्न थाल्यो

काठमाडाैं । जुम्ला बिहानैदेखि अँध्यारो छ । जुम्लीहरुले निकै चिसो महसुस गरिरहेका छन् । वरिपरिका डाँडापाखामा हल्का हिउ परेको छ।  यतिबेला जुम्लाको तापक्रम निकै घटेर शून्य डिग्रीसम्म पुगेको छ ।

चिसो निकै बढेकाले बजार सुनसान छ । मानिसहरुको आवतजावत निकै पातलो भएको छ । गाउँघरमा पनि मानिसहरु काममा निस्कन सकेका छैनन् । अघिल्ला वर्षहरुमा चिसो अलि ढिलो सुरु हुने गरेको भए पनि यो वर्ष कात्तिकमै चिसो बढेको छ । यसकारण पनि यो वर्ष पुस मागमा चिसो बढ्न सक्ने अनुमान यहाँका बुढापाकाहरूको छ ।

चिसो निकै बढेकाले यति बेला मौसमी रूघाखोकी लाग्न सक्ने भएकाले न्यानो गरी बस्न चिकित्सकले सुझाएका छन् । बालबालिकाहरु र वृद्धहरूलाई यस्तो अवस्थामा उच्च सतर्कता अपनाउनुपर्ने पनि उनीहरूको सुझाव छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस