काठमाडौं । आज साउने संक्रान्ति पर्व देशभर मनाईंदैछ । नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन् । साउन महिना महिलाहरु हातमा हरिया चुरा र मेहन्दी लगाएर सजिएका हुन्छन् । प्रेम, वर्षा र झरीको सँगम साउन महिना, महिलाहरुका लागि विशेष महिनाको रुपमा लिइन्छ । विवाहित देखि अविवाहित महिलाहरुले हातमा हरिया चुरा र मेहन्दी लगाएर सजिएका देख्न पाइन्छ । त्यस्तै गरी विवाहित र अविवाहित महिलाहरु साउन महिनाको प्रत्येक सोमवार व्रत बस्ने गर्दछन् ।
यॊ पनि हेर्नुहॊस
सूचना आयोगको प्रमुख आयुक्तमा डा. आचार्य सिफारिस
काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिस भएका छन् । आयोगको …
प्रतिकृया दिनुहॊस