‘आइएमई पे’बाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो Systematic Investment Plan एसआईपी (SIP ) को रकम भुक्तानी गर्न सक्ने भएका छन्। एसआईपी (SIP) भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटल को NIC Asia Dynamic Debt Fund तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजना (Kumari Sunaulo Lagani Yojana) को एसआईपी (SIP) Installment तथा Unit Purchase को भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो केही समय यता पुँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पेले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पेका सीइओ प्रवीन रेग्मीले बताए।

आइएमई पेको बारेमाः

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य र कम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा स्क्या नगरी भुक्ता नगर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरूको पनि सुविधा उपलब्ध छ।आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधा बाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाख भन्दा बढी ग्राहकहरूलाई सिधैं मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सबै प्लेटफर्मका लौयल्टी प्वाइन्ट फोनपोइन्ट्समा, ईसेवासँग सम्झौता

काठमाडौं । एकीकृत लौयल्टी म्यानेजमेन्ट प्लेटफर्म फोनपोइन्ट्स र ईसेवाबीच एक सम्झौता भएको छ । यस …

प्रतिकृया दिनुहॊस