एनआरएनएद्वारा कमलामाई नपालाई सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना कमलामाई नगरपालिकाका मेयर श्री खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गरेका छन् ।

विगतमा गैरआवासीय नेपाली संघ र कमलामाई नगरपालिकाबीच सिन्धुलीगढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा भएको सहमति अनुसार तयार पारिएको गुरुयोजना भट्टले खत्रीलाई हस्तान्तरण गरेका हुन् ।

हाल जिर्ण अवस्थामा रहेको सिन्धुली गढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचनाहरु पुनर्स्थापना गर्ने उद्देश्यले सबै सम्बन्धित पक्षसँग छलफल गरी गुरुयोजना तयार पारिएको छ । गुरुयोजनाको स्वामित्व स्थानीय सरकारले लिने सहमति भएको छ ।

गुरुयोजनामा सिन्धुली गढीको ऐतिहासिकता र मौलिकतालाई यथावत राख्ने गरी संरचनाहरु निर्माण गर्ने उल्लेख छ ।

गुरुयोजना तयार पार्ने क्रममा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघबीच निरन्तर समन्वय भएको र गुरुयोजना निर्माण गर्नको लागि गैरआवासीय नेपाली संघले आवश्यक पर्ने परामर्शदाता चयन गरी यस कार्यमा लाग्ने खर्चको व्यवस्थापन गरेको छ । गुरुयोजना आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्टको संयुक्त टोलीले तयार पारेको हो र यस टोलीको नेतृत्व आर्किटेक्ट डा. सञ्जय उप्रेतिले गरेका हुन् ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। होटलले साधारणसभा तथा लाभांश …

प्रतिकृया दिनुहॊस