काठमाडौं । दशैंपछि घट्दै आएको शेयर बजारले मंगलबार पनि निरन्तरता दिएको छ । पुँजी बजार आज २ दशमलब ७० अंकको गिरावट आएको हो ।
बजार खुले लगत्तै १२४५ सम्म पुगेको बजार एक घण्टा पनि टिक्न सकेने १२३८ सम्म झरेको बजार २ बजेपछि सम्हालीदै १२४१को वरिपरि नेप्से रहदै बजार बन्द हुँदासम्म १२४१ दशमलब ८४ मा पुगेर बजार बन्द भएको थियो ।
पुँजी बजार आज २.७ अंकले घट्दा १९ करोड ८७ लाख ७५ हजार ८३४ रुपैयाँको कारोबार भएको छ ।
१५५ वटा कम्पनीको ८ लाख ४२ हजार १९६ कित्ता शेयर कारोबारबाट १९ करोड ८७ लाख ७५ हजार ८३४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
मंगलबार कारोबारमा मुख्य हिस्सा बैंक तथा वित्तीय संस्थाको रहे पनि प्रभू बैंकको मात्र ३ करोडमाथिको कारोबार भएको छ । त्यस्तै युनाइटेड फाइनान्सका लगानीकर्ताहरुले कमाए भने समता माइक्रो फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।



