ताइवानमा ५.७ म्याग्नीच्यूडको भूकम्पको धक्का

ताइपेइ । ताइवानमा मङ्गलबार मध्यान्ह १२ बजेर ३४ मिनेटमा भूकम्प गएको छ । ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत अनुभव गरिएको थियो ।

सो भूकम्प ५.७ म्याग्नीच्यूडको भूकम्प रहेको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । तर, ताइवानको केन्द्रीय मौसम विज्ञान विभागले भने उक्त भूकम्प ६ रेक्टर स्केलको रहेको जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

स्थानीय सञ्चार माध्यमले भूकम्पको धक्का पूरै ताइवानमा अनुभव गरिएको बताएका छन् ।

सन् १९९९ को सेप्टेम्बरमा गएको ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण करिब २ हजार ४ सयको मृत्यु भएको थियो । एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री