सल्यान । सल्यानको कपुरकोटस्थित वर्ल्ड लिंक कम्युनिकेशनको टावरमा तोडफोड र चोरी भएको छ ।
वर्ल्ड लिंक इन्टरनेटको कपुरकोट–३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वर्ल्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको हो ।
टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायत जिल्लामा वर्ल्ड लिंकको इन्टरनेट सेवा प्रभावित भएको छ ।
चाडबाड मान्न सुरक्षा गार्ड घर गएको बेला टावर भित्र छिर्ने ढोका फुटाएर रेडियो उपकरणहरु चोरी भएको वर्ल्ड लिंकका सल्यान प्रतिनिधि शनत कुमार शर्माले जानकारी दिए ।
घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।
तपाईंको प्रतिकृया



