जनकपुरधाम । जनकपुरबाट सशस्त्र प्रहरी बलका एक सहायक हवल्दार ११ हजार घुस रकमसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर गिरी रहेको अख्तियारले जनाएको छ ।
भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै उनले ११ हजार घुस लिएको अवस्थामा जनकपुरको कदम चोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनले भारतीय बजारबाट घरायसी सामान भन्सार नतिरी नेपाल प्रवेश गराउने भन्दै ब्यापारीसँग रकम लिदै गर्दा पक्राउ गरेको अख्तियारको भनाइ छ ।
तपाईंको प्रतिकृया




