कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लगाइएको निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू पटक पटक गरी मंगलबार विहान ६ बजेदेखि पूर्ण रुपमा हटाएको हो ।
पछिल्लो पटक सोमबार साँझ ५ बजेदेखि मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो । मंगलबार विहान अर्को सूचना प्रकाशित गरी दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटाइएको थियो । त्यसपछि भने पूर्ण रुपमा कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कर्फ्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।
पूर्वमा सेमरा गाउँ, पश्चिममा झण्डीनगर, सिर्सिहवा चोक, उत्तरमा कृष्णनगर नगरपालिका १ शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रसम्म कर्फ्यू लगाइएको छ ।
मूर्ति विसिर्जनको विषयलाई लिएर दुई समूहबीच भएको विवादपछि उत्पन्न झडप नियन्त्रणका लागि जिल्लाको कृष्णनगरमा आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाइएको थियो ।




