काठमाडौं । विजया दशमीको टीका लगाएसँगै यतिखेर राजधानीमा यातायात र मानिसको चहलपहल क्रमशः बढ्न थालेको छ ।
दशैँको फूलपातीदेखि सुनसानप्रायः बनेको काठमाडौँ उपत्यकाबाट चाड मनाउन गएका मानिस फर्कन थालेपछि चहलपहल बढ्न थालेको हो ।
घरका ज्येष्ठ सदस्य र मान्यजनबाट टीका लगाई आशिर्वाद लिन यसअघि काठमाडौं उपत्यकाबाट आ आफ्नो घर गएका मानिसहरु फर्किएपछि चहलपहल बढेदै गएको हो । सरकारी कार्यालयसमेत सञ्चालनमा आएकाले यात्रुको आगमन क्रमशः बढ्दै जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
शनिबार एकैदिन १२ हजार ७ सय ८९ सवारीबाट १ लाख सात हजार ३ सय ४८ यात्रु उपत्यका भित्रिएको महाशाखाले जनाएको छ ।
यसैगरी सात हजार ३ सय ४८ सवारीबाट ६० हजार ३ सय ६८ यात्रु उपत्यका बाहिरिएका छन् ।
प्रतिकृया दिनुहॊस