काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले २०२० को डीभी भिसाबारे सूचना निकालेको छ ।
दूतावासले कन्सल्टेन्सीको लहैलहैमा लागेर नक्कली प्रमाणपत्र पेश नगर्न सर्वसाधारणलाई आग्रह गर्दै सूचना निकालेको हो ।
दूतावासले भिसा कन्सल्टेन्सीहरूको लहैलहैमा लागेर नक्कली प्रमाणपत्र पेश गरेमा सधैँभरका लागि अमेरिका जान अयोग्य बन्ने बताएको हो । साथै दूतावासले बढी पैसा असुल्न खोज्ने भिसा कन्सल्टेन्सीहरूसँग सचेत रहन आग्रह गरेको छ ।
इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रम २०२० का लागि असोज १७ देखि कार्तिक २० सम्म आवेदन भर्नू सकिने छ ।
प्रतिकृया दिनुहॊस