ट्राफिक नियम उल्लंघनबाट उठ्यो ३ लाख ५६ हजार राजस्व

रसुवा । रसुवामा दसैँको समयमा ट्राफिक नियम उल्लंघन गरेका सवारीबाट ३ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

दसैँको समयमा क्षमता भन्दा बढी यात्रु बोक्ने, जाँडरक्सी खाएर सवारी सञ्चालन गर्ने, चालक अनुमति पत्र नबोक्ने र बाइक चलाउँदा हेलमेट नलगाउने ४ सय ११ वटा सवारी साधनबाट ३ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय रसुवाले जनाएको छ ।

रसुवामा दसैंको समयमा २ सय ५० वटा ट्रक कन्टेनर, ३६ वटा बस, ७५ वटा कार जीप, ५० वटा मोटरसाइकल गरी ४ सय ११ वटा सवारीलाई कार्वाही गरिएको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप