टिपर दुर्घटना: एकको मृत्यु, ११ घाइते

मेलम्ची । सिन्धुपाल्चोकमा आज बसलाई उछिन्न खोज्दा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा ११ जना घाइते भएका छन् ।

जुगल गाउँपालिका याङ्लाकोटबाट बाह्रबिसे गइरहेको बा ४ ख ९०१७ नंको टिपर भैँसेको सडकमै पल्टिँदा एकको घटनास्थलमै मृत्यु भएको हो भने ११ जनाभन्दा बढी घाइते भएका हुन् ।

टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन नसकेको र चालक फरार रहेको समेत प्रहरीले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री