ताइवान । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा अन्य १७० जना घाइते भएका छन् ।
आइतबार ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको उक्त दुर्घटना भएको हो ।
उच्च गतिको पुयुमा एक्सप्रेस रेलका सार्वजनिक तस्वीरमा रेल लिकबाट उछिट्टिएर टेढो अवस्थामा रहेको र केही डब्वा जमिनमा लडेको देखाइएको छ ।
दुर्घटनाको कारणबारे भने केही बताएका छैनन् । घटनाबारे छानविन शुरू भैसकेको अधिकारीहरूले बताएका छन् । एजेन्सी
तपाईंको प्रतिकृया



