काठमाडौं । बडादशैँको आज बाह्रौं दिन अर्थात दशैंको टीकाको तेस्रो दिन आज पनि आफन्त र मान्यजनहरुबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ ।
विजयादशमीको दिनदेखि सुरु भएको जमरा र टीका, प्रसाद ग्रहणको क्रम आइतबार (आज) पनि जारी छ ।
हिन्दू धर्मावलम्बीहरुको महान् चाड बडादसैंको टीका लगाउनेक्रम पूर्णिमासम्म चल्ने गर्दछ ।
आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ ।
टाढा टाढाका आफन्तकहाँ टीका लगाउन जानका लागि सवारीसाधन कुरिरहेका सर्वसाधारणको घुइँचो काठमाडौंमा देखिएको छ । अर्कोतिर आजैदेखि सरकारी कार्यालय खुल्ने भएकाले काठमाडौँ फर्किनेको घुइँचो पनि त्यतिकै छ ।
काठमाडौं उपत्यकामा यातायातका साधन पर्याप्त नचलेकाले टीका लगाउन जाने र लगाएर फर्किनेलाई समस्या भएको छ ।
तपाईंको प्रतिकृया



