चितवन । दशैंको समयमा चितवन जिल्लामा मात्रै सवारी दुर्घटनाबाट १० जनाको मृत्यु भएको छ भने ५६ घाइते भएका छन् ।
असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गते शनिवारसम्म भएका ती दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै ५६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा १७ वटा ठूला सवारी दुर्घटना भएका हुन् ।
नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्गमा भएको ती दुर्घटना मादक पदार्थ सेवन (मापसे) गरी तीव्रगतिमा सवारी चलाएका कारण भएका हुन् ।
दशैं शुरु भएसँगै दैनिक मापसे गरी सवारी चलाउने २० लाई नियन्त्रणमा लिई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यॊ पनि हेर्नुहॊस
सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …
प्रतिकृया दिनुहॊस