कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा आइतबार साँझ ५ बजेबाट लगाइएको अनिश्चितकालिन कर्फ्यू चार घण्टाका लागि हटाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि कर्फ्यू हटाइएको हो ।
दुर्गा मुर्ति परिक्रमा गर्ने क्रममा शुक्रवार साँझ जुुलुस माथि ढुङ्गा हानिएपछि भड्किएको विवादले उग्र रुप लिएपछि ३ दिनदेखि तनानग्रस्त कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू लगाइएको थियो ।
अवस्था सहज बन्दै गएपछि चार घण्टाका लागि कर्फ्यू हटाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिकृया दिनुहॊस