पशुपतिमा रिक्त रहेको पुजारी नियुक्त

काठमाडौं । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरमा रिक्त रहेको एक पुजारी नियुक्त भएका छन् ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिना देखि रिक्त पुजारीको नियुक्ती गर्दै आज(बुधबार) नयाँ पूजारीलाई मन्दिर प्रवेस गराएको परिषदका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।

उनले भने, ‘चार महिना अघि एक पुजारीले राजीनामा गर्नुभएको थियो,’ कार्यकारी निर्देशक खतिवडाले भने,‘रिक्त रहेको एक पुजारी नियुक्त गरेर आजमन्दिर प्रवेस गराएका छौं ।’

नयाँ नियुक्त भएका पशुपतिका पुजारी विनय अडिगा हुन् । उनलाई आज मन्दिर क्षेत्रका विभिन्न ठाउँको परिक्रमा गराउँदै मन्दिर प्रवेस गराइएको हो । पशुपतिमा चार मुलपुजारी हुने गर्दछन् । तर, चार महिना देखि तीनजना मात्र थिए । मन्दिरमा यसअघि कार्यरत एक पुजारीले फागुनमा राजिनामा गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस