काठमाडौं । ओहो केकको ब्रान्ड एम्बेसडरमा क्रिकेट राष्ट्रिय टिमका स्पिनर ललित नारायण राजवंशी आबद्ध भएका छन्।
सोमबार ओहो केक र ललित नारायण राजवंशीबीच भएको सहमति अनुसार दुवैले विभिन्न प्लेटफर्ममा एक अर्कालाई सहयोग गर्नेछन्।
सहमति कार्यक्रममा ओहो केकका संस्थापक दिब्येश गिरीले ललित राजवंशीलई आफ्नो कम्पनीसँग आवद्ध गर्न पाउँदा निकै उत्साह लागेको बताए।
ललितले पनि केकको क्षेत्रमा व्यावसायिक हिसाबले अगाडि आइरहेको ओहो केकसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे।
ओहो केकले गुणस्तरीय र स्वादिष्ट केक उत्पादनमा जोड दिने बताएको छ।
प्रतिकृया दिनुहॊस