गौशाला । महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा एक दर्जन दर्शनार्थीको सुन लुटिएको छ ।
भूत मेलाका लागि प्रख्यात औरही नगरपालिका–७ मा पर्ने सोनामाई मन्दिरमा दर्शन गर्ने क्रममा बिहीबार सातजना र बुधबार ५ जनाको महिलाको सुन लुटिएको स्थानीयवासीले बताएका छन् ।
बिहीबार सोनामाई मन्दिरमा दर्शन गर्ने क्रममा औरही–७ कै शिवशङ्कर ठाकुरकी पत्नी उमादेवी ठाकुरको दुई तोलाको सुनको सिक्री लुटिएको छ भने सोही वडाका वडाध्यक्ष गणेश यादवकी बहिनीको पनि मङ्गलसुत्र लुटिएको छ । त्यस्तै अन्य पाँचको गरी जम्मा सातजनाको सुनको सिक्री र मङ्गलसुत्र लुटिएको जनाइएको छ ।
त्यसैगरी बुधबार मङ्गलसुत्र लुटिएको एक भारतीय महिला मन्दिर परिसरमै निकै रोइरहेको भेटिएको छ । यस्तै अन्य चार जनाको गरी जम्मा पाँचजनाको सुनको सिक्री र मङ्गलसुत्र लुटिएको जनाइएको छ ।
दुई दिनमा एक दर्जन व्यक्तिको सुन लुटिएको सोनामाई मन्दिरमा प्रहरीको उपस्थित रहँदा पनि प्रहरीले केही गर्न नसकेको सर्वसाधारण र मेला भर्न आएका नेपाली तथा भारतीय दर्शनार्थीले गुनासो गरेका छन् ।
यॊ पनि हेर्नुहॊस
सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। होटलले साधारणसभा तथा लाभांश …
प्रतिकृया दिनुहॊस