भक्तपुर । विजया दशमीका दिन आज भक्तपुरको व्रम्हायणीमा दिनभर मेला लागेको छ । शुक्रबार बिहानैदेखि राति अवेरसम्म लाग्ने जात्रामा हजारौँ स्थानीयवासीको भीड लागेको छ ।
नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि यसदिन भव्य मेला लाग्ने गरेको छ ।
मेलामा बालबालिकादेखि बृद्धबृद्धासम्म सपरिवार मेला भर्न आएका थिए । टोलटोलबाट पनि सयौं बाजागाजाका टोली सहभागी थिए । त्यहां बिहानदेखि बेलुकीसम्म नै उतिकै भीड हुुने गर्दछ ।
मेला भर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक जिल्लाबाट पनि जात्रालुहरु आएका थिए ।
हिजोदेखि व्रत बसेकाहरू आज बिहान ३ बजेदेखि घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । मन्दिर आसपासमा बत्ती बालेर वस्नेहरु पनि उत्तीकै थिए । जिउमाथि गोवर राखेर त्यसमाथि थुप्रै दियो र त्यसमा तेल राखेर उनीहरुले बत्ती बालेका थिए । साथै कसैले मेचमा बेसेर टाउको, दुई वटा हातमा दुई वटा अनि काँंधमा दुई वटा दियो राखी बत्ती बालेर भक्ति गरेको देखिएका थिए । यी सवै भक्ती गर्नेहरुमा पुरुष मात्रै देखिएका थिए ।
जात्राको क्रममा साँंझ त्यहाँं ख्वपा ल लागू (मुकुन्डो हस्तान्तरण गर्ने) कार्यक्रम हुनेछ । नवदुर्गाका मूर्तिहरु हस्तान्तरण गरी त्यहाँबाट नगरको बाटो हुँंदै भक्तपुर दरवार स्क्वायरस्थित तलेजुमा लगिने परम्परा छ ।
भक्तपुरको दशैंमा हुने जात्रामध्ये यो अन्तिम जात्रा मेला हो । यसअघि दसैंको नौ दिन यहाँं नौ वटा शक्तिपीठहरुमा मेला लागेको थियो ।
यॊ पनि हेर्नुहॊस
बीआरआइबारे निर्णय लिन छलफलमा कांग्रेसका शीर्ष नेताहरू
काठमाडौं । सत्तारुढ ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) …
प्रतिकृया दिनुहॊस