काठमाडौँ । काठमाडौँको महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा एकजना घाइते भएका छन् । प्रहरी वृत्त जनसेवाका अनुसार गएराति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको हो ।
ट्यांकर ठोक्किएपछि मन्दिरको भित्तामा क्षति पुगेको छ । दुर्घटनामा ओखलढुंगा घर भई बसुन्धारा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री घाइते भएका छन् ।
घाइते भएका चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्यांकर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस