खोलाले बगाएर एक वृद्धको मृत्यु

इलाम । इलाममा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ ।
माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको सीमा क्षेत्रमा पर्ने जोगमाई खोलाले बगाँउदा माइजोगमाई गाउँपालिका वडा नम्बर १ का ७१ वर्षीय डम्बर बहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार मृतक राई माछा मार्न भनि मंगलबार साँझ जाल बोकेर एक्लै घरबाट जोगमाई खोलातर्फ गएको थिए ।
राती अबेरसम्म घर नफर्किएकाले खोजी गर्ने क्रममा स्थानीयले बुधबार बिहान उनको शव खोलामा डुबेको भेटाएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री