अपडेट: चितवन दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकि राखेको ग २ च १७५१ नम्बरको भ्यानलाई बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले ठक्कर दिँदा धादिङको कल्लेरी निवासी २५ वर्षीय चन्द्रबहादुर नेपाली र धादिङकै ११ वर्षीय रोशन गैरे र बेनीघाट रोराङ गाउँपालिका–५ निवासी विनोद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
मृतकमध्ये दुई जना मारुती भ्यानमा सवार र अर्का एक जना भने ट्याङ्करमा सवार यात्रु रहेको मुग्लिन प्रहरीले जनाएको छ ।
घाइते चार जनाको चितवनस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्यांकर सडकबाट तल खसेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप