काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकि राखेको ग २ च १७५१ नम्बरको भ्यानलाई बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले ठक्कर दिँदा ट्यांकर चालक सुन्दर खड्का र धादिङ, वैरेनीका ४ वर्षीय रोशन गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही घटनामा घाइते भएका पाँचजनामध्ये एकजनाको भरतपुरस्थित सरकारी अस्पताल र एकजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य तीनजना उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्यांकर सडकबाट तल खसेको थियो । भ्यानमा दशैं मनाउन हिँडेका परिवार सवार रहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




