काठमाडौं । चाडपर्वको मौका छोपेर यात्रुसँग बढी भाडा असुल गर्ने राजधानीका १ सय ७४ ट्याक्सीचालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
दशैंमा सार्वजनिक सवारीसाधनको कमी भएपछि यात्रुसँग बढी भाडा लिई सेवा दिने १ सय ७४ ट्याक्सीचालकलाई महानगरीय ट्राफिक प्रहरीले मंगलबार कारवाही गरेको हो ।
ट्याक्सीमा मिटर जडान गरिएको भएपनि मिटरमा जान नमान्ने र यात्रुसँग बढी भाडा लिएका ट्याक्सीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
तपाईंको प्रतिकृया




