६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने इमरानलाई फाँसी

पाकिस्तान । पाकिस्तानमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा दोषी पाइएका एक जनालाई फाँसी दिइएको छ।

गत जनवरीमा ६ वर्षीया बालिका जैनब अन्सारीको बलात्कारपछि हत्या गरिएको घटनामा दोषी पाइएका २४ वर्षीय इमरान अलीलाई लहोरस्थित एउटा जेलमा बुधवार बिहानै फाँसी दिइएको प्रहरीले जनाएको छ ।
इमरानलाई फाँसी दिइएका बेला जैनबको परिवार र आफन्त पनि उपस्थित थिए ।
गत जनवरी ४ मा बेपत्ता भएकी जैनबको शव हराएको पाँच दिनपछि फोहोरको थुप्रोमा भेटिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप