यस्तो छ शीर्ष नेतासहित सेलिब्रिटीको दशैं योजना

काठमाडाैं । हिन्दू धर्मालम्बीको महान चाड बडादशैंले नेपालीका घर आँगनमा छोइसकेको छ । विभिन्न राजनीतिक दलका नेतासहित विभिन्न पेशा र क्षेत्रका चर्चित व्यक्तिले के–के योजना बनाएका होलान्? आजको नयाँ पत्रिका दैनिकले यसलाई खोतन्ने प्रयास गरेको छ ।

नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल दशैं काठमाडौंमै मनाउँदैछन्। उनले दशैंमा काठमाडौंका डाँडाकाँडा घुम्ने योजना बनाएका छन्। उनले दशैंमा भाइ भतिजा र कार्यकर्तालाई टिका लगाइदिने योजना पनि बनाएका छन्।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दशैंको बेला भारतको बद्री–केदारनाथको तीर्थ यात्रामा जाँदैछन्। श्रीमतीसहित ३० असोजदेखि एक साता उनी भारतको भ्रमणमा हुनेछन्। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ दशैंमा चितवन हुँदै गोरखा जाँदैछन्। गोरखाका विभिन्न कार्यक्रममा सहभागी भएर उनी अष्टमीका दिन काठमाडौं फर्किएर नवमीका दिन फेरि महोत्तरीको कार्यक्रममा सहभागी हुन जाँदैछन्। दशमीका दिन काठमाडौं फर्किएर परिवारसँग टिका लगाउने उनको योजना छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दशैंमा पुस्तक पढ्ने योजना बनाएका छन्। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक कामसँगै दशैं मनाउँदैछन्। कांग्रेसका युवा नेता प्रदीप पौडेलले दसैँमा पार्टीको विधान मस्यौदा गर्ने तयारी गरेका छन्। एमाले महासचिव विष्णु पौडले टिका लगाउन स्याङ्जा जाँदैछन्।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा दशैँ अवधिभरी व्रत बस्दैछिन्। अभिनेतृ रेखा थापा दशैंमा चलचित्र मालिकाको प्रमोसनमा लाग्ने छिन् भने अर्की अभिनेतृ झरना थापाको दशैं पनि चलचित्रको सुटिङमै वित्नेछ।

अभिनेता आर्यन सिग्देलको दशैंमा नयाँ योजना खासै छैन। उनले दशैंमा पिङ खेल्ने योजना बनाएका छन्। अभिनेतृ नीता ढुंगानाले भने दशैंमा तास खेलेर विताउने योजना बनाएकी छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस