सुनको भाउ बढ्यो, ६० हजार रुपैयाँ तोलामा कारोबार

काठमाडौं । सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको हो । यसअघि २०६९ साल भदौ महिनामा सुनको भाउ तोलाको ६३ हजार ३ सय पुगेको थियो ।

त्यसयता घटेको सुनको भाउ गएको महिनादेखि फेरि बढ्दै गएको हो । अन्तराष्ट्रिय बजारमा नै सुनको भाउ बढेको तथा डलर महंगो भएको र भारतीय मुद्रा कमजोर भएका कारण सुनको भाउ बढ्दै गएको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस