कांग्रेसको सचेतकमा सुशीला थिङ

काठमाडौं । नेपाली कांग्रेसको सचेतक पदमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले सांसद थिङलाई बिहीबार सचेतकमा मनोनयन गरेका हुन् ।

देउवाका निजी सचिव केशवराज जोशीले एक विज्ञप्ति जारी गर्दै थिङलाई सचेतकमा मनोनयन गरेको जानकारी दिएका छन् । कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४)को धारा १३ को उपधारा (२) बमोजिम पार्टी सभापति देउवाले थिङलाई सचेतकमा मनोनित गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस