ट्रम्पमाथि फेरी अर्को मुद्दा, गोप्य कागजात आफैसँग राखेको आरोप

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ कम हुने नाम लिइरहेको छैन । अहिले फेरी ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने भएको छ ।

ह्वाइट हाउस छाडे पछि पनि ट्रम्पले सयौं गोप्य दस्तावेज आफूसँग राखेको आरोप छ । र, साथै गलत अभिव्यक्ति पनि दिएका छन् । जसकाकारण अनुसन्धान एजेन्सीहरूले ट्रम्प विरुद्ध सात केन्द्रीय आपराधिक मुद्दा दर्ता गरेका छन्।

डोनाल्ड ट्रम्पले ट्रुथ सोशल मिडिया प्लेटफर्मलाई भनेका छन मियामीको संघीय अदालतमा उपस्थित हुनको लागि उनलाई समन प्राप्त भएको छ। मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्वाइट हाउस छोडेपछि नेशनल अर्काइभ्सले उनी र उनको टोलीले राष्ट्रपतिको रेकर्डसँग सम्बन्धित कागजातहरू फिर्ता गर्न माग गरेको थियो। तर, केही महिनापछि करिब २०० वर्गीकृत कागजातहरू फिर्ता भएका थिए ।

यसैबीच, उनीविरुद्ध नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्टमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्व राष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर उनले कहिल्यै सोचेका थिएनन् अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा अझै पनि लोकप्रिय व्यक्तिलाई यो भइरहेको छ। म निर्दोष छु।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस