काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकुलाई दिइएको रकममा अनियमितता भएको आरोप सिद्ध भए जेल जान तयार रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले माओवादीका तत्कालीन लडाकुलाई दिइएको रकममा अनियमितता भएको विषय छानबिन गर्न तयार हुनुहुन्छ भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘क्यान्टोनमेन्टको कुरा कपोलकल्पित छ । फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु ।’
प्रधानमन्त्री प्रचण्डले लडाकुलाई दिइएको सो रकमको विस्तृत विवरण त्यति बेला रुजु गरेर नै रकम दिइएको स्पष्ट गर्दै अहिले राजनीतिक पूर्वाग्रहले यो विषय उठाउने गरिएको बताए । उनले यो विषय कहीँबाट उजुरी भएर छानबिन हुँदा दोषी ठहरिएमा आफू जेल जान तयार रहेको बताएका हुन् ।
प्रतिकृया दिनुहॊस