‘आइएमई पे’ बाट बीमा नविकरण गर्दा १०० प्रतिशत क्यासब्याक पाइने

काठमाडाैं । ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ बाट अब घरमै बसेर बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ । आइएमई पेको बीमा सेवाको प्रयोग गरी केही मिनेट मै ग्राहकहरूले आफ्नो बीमा पोलिसी नविकरण गर्न सक्नेछन् ।

सो सेवा अन्तर्गत आइएमई लाइफ, एसियन लाइफ, अजोड इन्स्योरेन्स लगायत अन्य विभिन्न इन्स्योन्स कम्पनीहरूको बीमा पोलिसी नविकरण गर्न मिल्छ । लामो लाइन तथा अन्य झन्झटबाट ग्राहकलाई जोगाइ सजिलै बीमा नविकरण गर्ने उद्देश्यका साथ आइएमई पेबाट सो इन्स्योरेन्स पोलिसीहरूको नविकरण गर्ने सुविधा उपलब्ध गराइएको हो ।

साथै, नयाँ वर्ष २०८० को उपलक्ष्यमा आइएमई पे मार्फत् आफ्नो बीमा पोलिसी नविकरण गर्ने ग्राहकले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउने कम्पनीले बताएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप