कृत्रिम फोक्सो १५ दिनमै कालो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा उच्चस्तरको प्रदूषण रहेको उल्लेख गरेकाे छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा उच्चस्तरको प्रदूषण रहेको भन्दै यसबाट जोगिन आम नागरिकलाई अपिल गरेको छ । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा प्रदूषणको कारणले स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो रंगकाे भएको छ । मन्त्रालयले १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असर थाहा पाउन सहज भएको बताएकाे छ ।

नेपालमा वायु प्रदूषणको मुख्य कारणमा सवारी साधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कल कारखानाबाट हुने उत्सर्जन, जंगलमा लाग्ने डढेलो घर, रेष्टुरेन्ट तथा होटल व्यवसायबाट हुने उत्सर्जन र उर्जाका रुपमा काठ, दाउरा, कोइला, ब्रिकेटको आदिको प्रयोग रहेका छन् ।

प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सुक्ष्म कण समेत समावेश हुन्छन् । वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयघात, मतिष्कघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउने गरेको छ । वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

भक्तपुरमा कारसँग स्कुटर जुध्दा २३ वर्षीय सुजनको मृत्यु

काठमाडौं । भक्तपुरमा कार र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो …

प्रतिकृया दिनुहॊस