सेती खोँचमा खसेकी बालिकाको मृत्यु

काठमाडौँ । पोखराको सेतीनदीको खोँचमा खसेर एक बालिकाको मृत्यु भएको छ । पोखरा १५ स्थित सेती किनारको खोँचमा खसेर बालिका गम्भीर घाइते भएकी थिइन् ।

पोखरा ८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुलीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खोँचमा खसेको साढे २ घण्टापछि उनको जीवितै उद्धार गरिएको थियो ।

तर अवस्था गम्भीर भएका कारण उपचारकै क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री