कोभिड-१९ सङ्क्रमणका कारण दुई जनाको मृत्यु

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८० को सुरुवातमै कोरोना सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । चितवन र कैलालीमा १/१ सङ्क्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका १० का ६४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । उनी निमोनिया भई उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

कोरोना सङ्क्रमणका कारण चितवनमा गत साउन २३ मा एकजनाको मृत्यु भएको थियो । त्यसयता सङ्क्रमण नरोकिए पनि कोरोनाका कारण कसैको मृत्यु भएको थिएन ।

यस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पनि एक सङ्क्रमित महिलाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचाररत उनको आइतबार बिहान मृत्यु भएको छ । मुटुको बिरामी रहेकी महिलामा गत चैत २६ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री