सांसदहरूलाई निषेध गर्ने हर्कको चेतावनीमा बालेनको समर्थन

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सांसदहरूलाई निषेधको चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत कोशीको पानी धरान ल्याउने योजनामा बजेट नपरे धरानमा सांसदहरूलाई निषेध गर्ने चेतावनी दिएका हुन् ।

तीनकुनेमा बोर्ड नै राखेर निषेध गरिने उनको चेतावनी छ । ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीय ज्यूहरूलाई धरानमा निषेध गरिने छ ! तल तीनकुनेमै बोर्ड राखिने छ फोटोसहितको ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’ उनले भनेका छन् ।

हर्कको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाए । उनको स्ट्याटसमा शाहले लेखेका छन्, ‘पूर्ण समर्थन, गर्ने नै यही हो ।’

harka Ph4RreBovD

तपाईंको प्रतिकृया

लेखकबाट थप