बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, ३२ घाइते

नवललपरासी । पूर्वी नवलपरासीको कावासोती-१६ डण्डामा बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृत्यु हुनेमा बस चालक बांके कोहलपुर नगरपालिका-४ का २३ वर्षीय सुरज बिक र बर्दिया वाणगंगा गाउपालिका-२ का २४ वर्षीय लक्ष्मण थारुको रहेका छन् । गम्भीर घाइतेहरुको चितवनको भरतपुरमा उपचार भैरहेको र अन्यको कावासोतीमै उपचार भैरहेको प्रहरीले बताएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत डण्डाको पत्थरे खोला नजिकै शनिबार बिहान साढे ३ बजे नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५६२९ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेका ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किएको प्रहरीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after