काठमाडौं । नेकपा माओवादी केन्द्रले सुदन किरातीलाई मन्त्री बनाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रले सोमबार राति मन्त्रालयको भागबण्डा टुंग्याएको हो ।
माओवादीले ४ मन्त्रालय पाउने सहमति भएसँगै सांसद किरातिलाई मन्त्री बनाउन लागेको हो । किरातीले आफूलाई पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी दिन लागेको जानकारी गराएका छन् ।
यसबाहेक माओवादीलाई अब ३ मन्त्री र १ राज्यमन्त्री थपिने छन्। स्रोतका अनुसार संचार तथा प्रविधि मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय माओवादीको भागमा परेको छ।
सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा र पर्यटनमन्त्रीमा सुदन किराँती लगभग पक्का भएको मााओवादी निकट स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको शपथ ग्रहण गरेलगत्तै उप एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ शपथ लिएका छन् ।



