काठमाडौँ । नेकपा एमालेले मन्त्रीमा नयाँ अनुहारलाई मौका दिने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा परराष्ट्रसहित ८ वटा मन्त्रालय परेको छ ।
एमालेले धनकुटाबाट निर्वाचित राजेन्द्रकुमार राई रक्षामन्त्री बनाउने भएको छ भने राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने पक्का भएको हो । यसैगरी पर्वतबाट निर्वाचित पदम गिरीलाई स्वास्थ्यमन्त्री बनाउने एमाले स्रोतले जनाएको छ ।
सर्लाहीका सांसद हरि उप्रेती पनि मन्त्री बन्नेछन् भने सुनसरी ३ बाट निर्वाचित भगवती चौधरी पनि मन्त्री बन्नेछिन् ।
तपाईंको प्रतिकृया



