पथरीशनिश्चरे नगरपालिकामा एमाले विजयी

उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ ।अन्तिम मत परिणामअनुसार नगरपालिकाकाे प्रमुखमा एमालेका दिलीपकुमार राईले नौ हजार ८७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशकुमार खड्काले सात हजार २२४ मत ल्याए । उता उपप्रमुखमा पनि एमालकी यमुना विष्ट नौ हजार ९२६ मत ल्याएर विजयी भएको छ । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी प्रेमला राईले सात हजार ३४४ मत ल्यार्इन् । सो नगरका जम्मा १० वडामध्ये एमालेले ५ वडाध्यक्ष, काँग्रेसले तीन, माओवादीले एक जित्नुका साथै पथरीशनिश्चरे– ६ बाट स्वतन्त्र उम्मेदवार जयबहादुर तामाङ विजयी भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीबी राईको राहदानी रद्द गर्न विभागलाई पत्राचार

काठमाडौं । सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको …

प्रतिकृया दिनुहॊस