विश्वासको मत दिने कांग्रेसको संकेत, बोलायो संसदीय दलको बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । उनीहरूबीच साेमबार साँझ धुम्बाराहीमा भेटवार्ता भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

भेटवार्तामा प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यस क्रममा कांग्रेस शीर्ष नेताहरुले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएको एक नेताले जानकारी दिए ।

यद्यपि, यसबारे आधिकारिक निर्णय भने आज बिहान ९ बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्नेछ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस