नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड समारोह सम्पन्न

काठमाडाैं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबार काठमाडौंको हायात प्लेसमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड २०२३ समारोह आयोजना गरेको छ।

वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ हजार ३०० रुपैयाँ प्रथम बीमा शुल्क सकलन गरी ‘एमडीआरटी’का लागि योग्य भएका २४३ जना अभिकर्तालाई सम्मानित गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई सबैलाई स्वागत गरेका थिए। आफ्नो भिडियो सन्देशमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको बताए।

उनीहरुकै अथक मिहिनेत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको बताए।

अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै संवेदनशील रहेको प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए। नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारे जानकारी गराएका थिए।

नेपालका ८ हजार मिटरभन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेकी पूर्णिमा श्रेष्ठ कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित भई आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरहरुको सम्बन्धमा प्रकाश पारेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यूनाइटेड अजोड इन्स्योरेन्सले १००ः १५ रेसियोमा हकप्रद सेयर जारी गर्ने

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नियामक बीमा …

प्रतिकृया दिनुहॊस