काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गरेका छन् ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै गएराति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १८ जना घाइते भएका छन् । प्रचण्डले मृतकका आफन्तहरुप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
गएराति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपील गर्दछु।
— PMO Nepal (@PM_nepal_) January 6, 2023



