जबराले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । आज सर्वदलीय बैठक बस्दै छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बोलाएका छन् । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ । बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री