एकैपटक अर्थसहित सात सचिवको सरुवा, नीतिगत सुधारभन्दा लोकप्रिय बन्ने होडबाजी

काठमाडौं । सरकारले अर्थसहित सात सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अख्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायका सचिवको सरुवा गरेको हो

बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव तोयम रायाको अर्थ मन्त्रालयमा सरुवा गरेको छ । अर्थ सचिव कृष्णहरि पुष्करको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । अर्थतन्त्र सुधारका लागि सरकारले अर्थ र राजस्व सचिवमा सरुवा गरेको दाबी गरिएको छ । यसअघि अर्थसचिव कृष्णहरि पुष्कर थिए भने राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल थिए ।प्रधा

नमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएको छ भने कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानुन सचिवमा सरुवा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा.रामप्रसाद घिमिरेको अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा भएको छ भने राजस्व सचिव रामेश्वर दंगालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । –हिमालय टाइम्सबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री