एभरेष्ट बैंकद्वारा धादिङको मच्छिन्द्र माविलाई आर्थिक सहयोग

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले धादिङको खानीखोलामा रहेको मच्छिन्द्र माविलाई आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।

विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आपूर्ति गर्नका लागि पावर ब्याकअप सिस्टम जडान गर्नको लागि बैंकले २ लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको बैंकले जनाएको छ।

सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीका सदस्य तथा नायब महाप्रबन्धक केशवराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरे।

यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। सो कार्यक्रममा विद्यलायका उप–प्रधानाध्यापक गोवर्धन गोदार र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकको धार्के शाखाका प्रबन्धक कुमार शेर्पा लगायत अन्य विभिन्न क्षेत्रका व्यातिmहरुको समेत उपस्थिति रहेको थियो।

स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५९ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस